Pages

Monday 23 March 2009

एनआरएनले आईडी र सुविधा पाउने

अब गैर आवासीय नेपाली अर्थात् एनआरएनले आफू एनआरएन भएको आईडी र सुविधाहरु नेपाल सरकारबाट पाउने भएका छन्। परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको गैर आवासीय नियमावली २०६५ पास भएपछि एनआरएनहरुले नेपालमा सम्पति राख्‍न, किन्न र चाहेमा विदेशमा समेत लैजान सक्नेछन्।

एनआरएन चाहिँ कस्तोलाई भन्ने त ?

आजको अन्नपूर्ण पोस्टमा छापिएको समाचार अनुसार नियमावलीमा अमेरिका, युरोप, जापान, कोरिया लगायत देशका मात्र हैन, खाडी देश र मलेसियामा गएर दुई वर्ष बसेका नेपाली नागरिक समेत गैर आवासीय नागरिकको दर्जामा रहने छन्। तर सार्क राष्ट्रमा जाने नेपालीहरुलाई एनआरएन भनिने छैन। सार्क बाहेकका देशमा पढ्न वा काम गर्न गएकाहरु एनआरएनको सूचिमा पर्नेछन्।

त्यसरी सार्क देशबाहेकका मुलुकमा जाने नेपालीहरुको संख्या २५ लाखभन्दा बढी रहेको तथ्याङ्क छ।

नियमावलीमा दुई वर्ष विदेशमा बसेकालाई एनआरएन दर्जा दिने भनिएको छ। तर गैरआवासीय नेपाली महासंघले भने १ सय ८३ दिन विदेशमा बसेकालाई त्यस्तो दर्जा दिनुपर्ने बताएको थियो। महासंघले दोहोरो नागरिकताको पनि माग गरेको भए पनि नियमावली यस विषयमा मौन छ।

समाचार अनुसार नियमावलीमा नेपाली मूलका विदेशी नागरिकले एनआरएनका रुपमा पाएको परिचय पत्रको अवधि १० वर्ष बहाल रहने छ। विदेशको नागरिकता नलिएका तर दुई वर्ष सार्कबाहेकका मुलुकमा बसेका नेपालीहरुको परिचय पत्रको अवधि भने दुई वर्षको रहने छ। उनीहरुले त्यसलाई रिन्यु पनि गर्न सक्ने रहेछन्।

एनआरएनको नाम र परिचय पत्र दर्ताका लागि परराष्ट्र मन्त्रालय अनि विदेशमा रहेका सबै नेपाली दूतावासमा छुट्टै एनआरएन डेस्क खोलिने रहेछ। नाम दर्ता गर्न नेपालमा १५ सय रुपैयाँ र विदेशमा नेपाली मूलका विदेशी नागरिकलाई ५० अमेरिकी डलर अनि नेपाली नागरिकलाई २० अमेरिकी डलर लाग्ने रहेछ।

परिचय पत्रको शुल्क भने विदेशी नागरिकलाई पाँच सय डलर तिर्नुपर्ने रहेछ।

नेपाली मूलका विदेशी नागरिकले काठमाडौँ उपत्यकामा दुई रोपनी, तराईका नगरपालिकामा आठ कठ्ठा, तराई र उपत्यकाबाहेकका नगरपालिकामा पाँच रोपनी, तराईका गाविसमा दुई बिघा र पहाडमा २६ रोपनीसम्म जग्गा किन्न पाउने छन्।

No comments:

blog site of nrn around the globe..

participation of all nepalese around the globe