We are Nepalese living around the globe in different purpose. We love our Nepal, our values , our culture. We are far from our Nepal geographically, but not in our feelings.Everyday we are communicating with our dear friends around the globe and finally we can always feel that we are at home . Lets organize more strongly and broadly with the positive hope to solve all our problems sharing among eachother.
Wednesday, 18 June 2008
Thursday, 29 May 2008
Long Live Federal Democratic Republic Nepal
Long Live Federal Democratic Republic Nepal
Long Live Federal Democratic Republic Nepal
Long Live Federal Democratic Republic Nepal
Long Live Federal Democratic Republic Nepal
Long Live Federal Democratic Republic Nepal
Monday, 26 May 2008

News
2008/05/25
Source: NRNA
गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन २००८ ले जारी गरेको बैंकक घोषणा-पत्र
नेपालको ऐतिहासिक परिवर्तनले मुलुकमा दीर्घकालीन शान्ति, लोकतन्त्र, व्यक्तिगत स्वतन्त्रता, मानवअधिकार जस्ता मौलिक अधिकारलाई सुनिश्चित गरी स्वदेश र विदेशमा बस्ने सवै नेपालीको भविष्य उज्ज्वल हुने संविधानको निर्माण गर्नेछ भन्ने विश्वास गर्दै गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आयोजना र राष्ट्रिय समन्वय परिषद थाइल्याण्डको आतिथ्यमा यही २४-२५ मई २००८ मा बैंककमा आयोजित गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनले यो घोषणा जारी गरेको छ ?
१- गैरआवासीय नेपाली नागरिकहरुले आफू बसेकै मुलुकवाट ऐतिहासिक संविधानसभामा मतदान गर्ने अवसरवाट वन्चित हुनु परे पनि संविधानसभालाई सफल बनाउन गैरआवासीय नेपाली संघ आवश्यक प्राविधिक सल्लाह र सवै किसिमको सहयोग गर्ने प्रतिवद्धता एवं नयाँ बन्ने संविधानमा नेपालीमूलका गैरआवासीय नेपालीलाई दोहोरो नागरिकताको व्यवस्था गर्न सभासद्हरु र नेपाल सरकारलाई अपिल गर्दछ ।
२- गैरआवासीय नेपाली सम्वन्धी ऐन २०६४ मा रहेको गैरआवासीय नेपालीको परिभाषा लगायतका विषयमा विश्वभरि छरिएर रहेका नेपालीहरुबाट प्राप्त सुझावका आधारमा ऐनमा आवश्यक परिमार्जन गर्न नेपाल सरकारलाई आग्रह गर्दछ ।
३- राष्ट्रको सर्वाङ्गीण विकासमा गैरआवासीय नेपालीहरुको भूमिका अझ उच्च बनाउनकालागि वैदेशिक रोजगार, विप्रेषण, विदेशमा बस्ने नेपालीबाट हुने आर्थिक तथा वौद्धिक लगानी जस्ता क्षेत्रलाई संवोधन गर्ने एउटा छुट्टै उच्चस्तरीय सरकारी निकायको व्यवस्थाकोलागि नेपाल सरकारसँग यो सम्मेलन अनुरोध गर्दछ ।
४- समृद्ध नेपाल निर्माणकालागि विश्वभरि संगठित हुँदै गएको गैरआवासीय नेपाली संघसँग उपलव्ध वौद्धिक र आर्थिक स्रोतको समुचित उपयोग गर्न तथा गैरआवासीय नेपाली संघले विभिन्न समयमा गरेका प्रतिवद्धताहरुको प्रभावकारी कार्यान्वयन गर्नकालागि नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघवीच सूचनाको आदानप्रदान र सहकार्यलाई अझ व्यापक बनाउन आवश्यक देखिएकोले एउटा त्रिपक्षीय कार्यदलको गठन गर्न सरकारसँग आग्रह गर्दछ ।
५- राष्ट्रिय जीवनको अभिन्न अङ्ग बनेको वैदेशिक रोजगारीका संभावनाहरुको समुचित प्रयोग गर्दै यसलाई ब्यवस्थित र मर्यादित बनाउन गैरआवासीय नेपाली संघले विगतमा गरेका प्रतिवद्धताको कार्यान्वयन कै निरन्तरताको रुपमा Taking Foreign Employment to a Higher Plain भन्ने नारा सहित आयोजित यस बैंकक सम्मेलनले निम्नलिखित निर्णय गरेकोछ:
५.१ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको हितका लागि कल्याणकारी कोष स्थापना, जीवन बीमा प्रकृयाको सरलिकरण, बीमांकमा बृद्धि, न्युन व्याजदरको बैंक ऋणलगायत तेस्रो गैरआवासीय नेपाली सम्मेलनमा व्यक्त भएका प्रतिवद्धतालाई यथाशिघ्र पुरागर्न नेपाल सरकारको सहयोगकालागि पहल गर्ने ।
५.२ धेरै संख्यामा नेपाली कामदार भएका मुलुकहरुसँग श्रम सम्झौता गर्ने प्रक्रियालाई अझ तिव्र पार्न नेपाल सरकारलाई आग्रह गर्ने ।
५.३ सरकारी उच्च-स्तरीय विदेश भ्रमणहरुको संख्यामा बृद्धि गर्न र यस कार्यमा सम्वन्धित मुलुकमा रहेका गैरआवासीय नेपाली संघका संयन्त्रको उपयोग गर्न सरकारलाई अनुरोध गर्ने ।
५.४ नेपाललाई दक्ष जनसक्ति स्रोत मुलुकको रुपमा विकसित गर्न नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्य गरी गुणस्तरीय सीपमूलक तालिमहरुको संख्यामा वृद्धि गर्ने, चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने र त्यस्ता कार्यक्रममा विदेशमा हासिल गरेको सीप र अनुभव लिएर नेपाल फर्केका नेपालीलाई स्रोत-व्यक्तिको रुपमा उपयोग गर्ने ।
६- अर्न्तराष्ट्रिय समुदायमा नेपालको छवि उच्च पार्दै मुलुकको आर्थिक विकास, पर्यटन र संस्कृती लगायतको प्रवर्द्धनमा गैरआवासीय नेपालीले खेल्न सक्ने भुमिकालाई आत्मसात गरी नेपाली दूतावास एवं गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषदहरु बिच जीवन्त औपचारिक सम्वन्धको विकास गर्दै आर्थिक कुटनीतिलाई तिव्रता दिन नेपाल सरकारलाई यो सम्मेलन आह्वान गर्दछ ।
७- स्वदेशी र गैरआवासीय नेपालीबाट हुने जलश्रोत लगायत नेपालको आर्थिक-सामाजिक रुपान्तरणका महत्वपूर्ण क्षेत्रहरुमा लगानी अनुमति दिँदा समयसीमा सहितको सरलिकृत ?फास्टट्रयाक? पद्दति निर्धारण गर्न नेपाल सरकारलाई आग्रह गर्दछ ।
८- पर्यटन प्रवर्द्धनकालागि नेपाल सरकारद्वारा घोषणा गरिएको ?Send Home a Friend? कार्यक्रम लागु गर्ने क्रममा अनुभव गरिएका समस्याबारे सरकारलाई अवगत गराउँदै सो अभियानलाई सफल बनाउन गैरआवासीय नेपाली समुदायलाई परिचालन गरिने प्रतिवद्धतालाई पुन: दोहोर्याउँछ ।
९- गैरआवासीय नेपाली संघले नेपालमा आफ्नो संस्थागत उपस्थितिलाई सुदृढ गर्दै लगेको परिप्रेक्षमा संघको काठमाण्डौमा आफ्नै भवन हुनु आवश्यक देखिएकोले भवन निर्माणकालागि चाहिने आर्थिक स्रोत जुटाउन विभिन्न मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषदहरुलाई यो सम्मेलन हार्दिक आह्वान गर्दछ ।
१०- गैरआवासीय नेपालीहरु समेतको सहयोगमा प्रथम समावेशी महिला सगरमाथा आरोहण दल गैरआवासीय नेपाली संघको लोगो अंकित झण्डा सहित सफलतापूर्वक शिखर पुग्न सफल भएकोमा यो सम्मेलन आरोही सदस्यहरुलाई हार्दिक वधाई दिँदै त्यसकालागि पहल गरिदिने नेपाल आर्थिक पत्रकार समाजलाई समेत धन्यवाद दिन चाहान्छ ।
११- यस क्षेत्रीय सम्मेलनलाई सफलतापूर्वक आयोजना गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्ण प्रायोजक, सहयोगी राष्ट्रिय समन्वय परिषद्हरु थाईल्याण्डका गैरआवासीय नेपालीहरु र राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डलाई विशेष धन्यवाद दिइन्छ ।
May 25,2008
Bangkok
Thursday, 15 May 2008
NRN NL Party
Tuesday, 13 May 2008
Request to Renew NRN-NL Membership
NRN NL Executive Committee heartly request to all of its members to renew their membership for the year January 2008/December 2009.Membership fee for two years according to the new decision of the executive committee is 20 Euro.
ABN AMRO Bank
Non Resident Nepali National Co Ordination Council
Account Number : 45 55 18 513
ABN AMRO Bank
Non Resident Nepali National Co Ordination Council
Account Number : 45 55 18 513
Subscribe to:
Posts (Atom)
blog site of nrn around the globe..
participation of all nepalese around the globe


